Section 43
सेवा बन्द गर्न सक्ने
देहायको अवस्थामा अनुमतिपत्र प्राप्त व्यक्तिले ग्राहकलाई उपलब्ध गराएको दूरसञ्चार सेवा बन्द गर्न सक्नेछः–
(क) दूरसञ्चार लाइन वा दूरसञ्चार प्रणालीको जाँचबुझ, मर्मत सुधार वा विस्तार वा अन्य कुनै महत्वपूर्ण काम गर्नु परेमा,
(ख) कुनै ग्राहकले बुझाउनु पर्ने शुल्क नबुझाएमा त्यस्तो ग्राहकको हकमा,
(ग) कुनै ग्राहकले अनधिकृत रुपमा वा शर्त विपरीत सेवा उपभोग गरेमा त्यस्तो ग्राहकको हकमा,
(घ) दैवी प्रकोप वा हडताल, तालाबन्दी, दड्डा वा यस्तै काबू बाहिरको असाधारण स्थिति परेमा ।